भक्तपुरमा मध्यराति नबिल बैंकको एटीएम फोडियो, एक पक्राउ

१४ भाद्र २०८०, बिहीबार १२:२२

काठमाडौं । भक्तपुरको कमलविनायकमा रहेको नबिल बैंकको एटीएम मेसिनमा तोडफोड भएको छ ।

प्रहरीले उक्त एटीएम मेसिन तोडफोड गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले दाङको बबई गाँउपालिका वडा नम्बर २ बस्ने २४ वर्षिय पूर्णबहादुर खासुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा साथमा १ थान मार्तल, १ थान फलामको रड र १ थान हाक्सो समेत बरामद भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*