लाभांश खानेबेलामा उच्च अंकले सस्तिदै लघुवित्तको शेयरहरु, कुनको कतिमा भयो कारोबार ? (एलटीपीसहित)

१५ भाद्र २०८०, शुक्रबार १६:०३

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको छ । लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने भएको हो ।

नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बुधबार) शेयरबजार २.८२ अंकले घटेर १९९० को विन्दुमा कायम भएको छ । बजारमा गिरावट आएसँगै अधिकांश उपसूचक राताम्मे भएका छन् । बुधबार माइक्रोफाइनान्स उपसूचक ०।४२ प्रतिशतले घटेको छ ।

बुधबार माइक्रोफाइनान्स उपसूचकमा कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ वटाको घट्दा चार कम्पनीकोे चाँही स्वहीमूल्यमा शेयर कारोबार भएको छ ।

लघुवित्त कम्पनीको बुधबार भएको शेयर कारोबारको आधारमा आत्मनिर्भर लघुवित्तको शेयरमूल्य सर्वाधिक रहेको छ । यस अवधिमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता दुुई हजार ४५ रुपैयाँमा कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको नेष्डो समृद्ध लघुवित्तको १८३५ र तेस्रो नम्बरमा रहेको महिला लघुवित्तको १७९० रुपैयाँमा कारोबार भएको छ । यस अवधिमा लघुवित्त कम्पनीहरुमध्ये समाज लघुवित्तको शेयरमूल्य ७१ रुपैयाँले सर्वाधिक कम रहेको छ ।

बुधबार कारोबार भएका लघुवित्त कम्पनीहरुमध्ये बृद्धिदरका आधारमा समाज लघुवित्तको १ दशमलव ८६ प्रतिशतले सर्वाधिक बढेको छ । दोस्रो नम्बरमा बिपिडब्लु लघुवित्त, आरम्भ चौतारी लघुवित्त, एनएमबि लघुवित्तको शेयरमूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ ।

त्यस्तै, मिथिल्ला लघुवित्त, आशा लघुवित्त, गुरासँ लघुवित्त जनउत्थान लघुवित्त लगायत अन्य ३६ लघुवित्त कम्पनीको शेयरमूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*