नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीे सी ग्रेडको सूचीमा

१८ भाद्र २०८०, सोमबार ११:५४

काठमाडौै । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीेले सी ग्रेड पाएका छन् । अर्थतन्त्रबारे गभर्नर महाप्रसाद अधिकारीको भूमिकामाथि अनेकन प्रश्न उठिरहेको समयमा ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेको विवरण अनुसार गभर्नर अधिकारी गत वर्षको बीप्लस भन्दा पनि तल झरेर सी बर्गमा पुगेका हुन् । सन् २०२२ को तथ्याङ्कमा आधारित पुरानो समाचार अनुसार पुगेको देखिएको छ । गभर्नर अधिकारी सी बर्गमा झरे पनि सन् २०२३ को नयाँ रिपोर्ट अब छिट्टै प्रकाशित हुने हुँदा पछिल्लो अवस्थाको चित्र पनि छिट्टै प्रकाशित हुनेछ ।

ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ ।

जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ । ग्लोबल फाइनान्स पत्रिकाले सन् १९९४ देखि हरेक वर्ष केन्द्रीय बैंकर सम्बन्धी रिपोर्ट कार्ड प्रकाशित गर्दै आएको छ । यसले युरोपेली संघ, पूर्वी क्यारिबियन केन्द्रीय बैंक, केन्द्रीय अफ्रिकी देशहरुका सेन्ट्रल बैंक र पश्चिम अफ्रिकी राष्ट्रहरूको केन्द्रीय बैंकसहित विश्वका १०१ वटा प्रमुख देश र क्षेत्रहरुका केन्द्रीय बैंकका गभर्नरहरुलाई ग्रेड सार्वजनिक गर्दै आएको छ । यद्यपि यो ग्रेडिङको कुनै ठोस मान्यता भने छैन ।

यसअघि यसै सम्बन्धी समाचारमा त्रुटी भएकोले भुलसुधार गरिएको छ । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं ।  –सं. (त्रुटी ओैल्याइदिने माइसंसारप्रति आभारी छाैं ।)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*