कुमारी बैंकका यी खाताहरु बन्द गरिदै

१८ भाद्र २०८०, सोमबार १२:२५

काठमाडौं । कुमारी बैंक लिमिटेडमा खोलिएका १० वर्षदेखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरु बैंकले बन्द गर्ने भएको हो ।

१० वर्षदेखि शून्य मौज्दात रही कारोबारमा नआएका खाताहरुको नाम सहितको विवरण बैंकको आधिकारिक वेवसाईट www.kumaribank.com मा राखिएको बैंकले जनाएको छ । विवरणमा नाम भएका खातावालाले आफ्नो बैंक खाता चालु राख्न चाहेमा नजिकको शाखा कार्यालयमा गई ३५ दिनभित्र खाता अद्यावधिक गर्न सक्नेछन् ।

तोकिएको समयावधिभित्र सुचारु नभएका खाताहरु प्रचलित नियमानुसार बन्द हुने बैंकले सूचनामा उल्लेख गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*