सपोर्ट लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

१९ भाद्र २०८०, मंगलवार ११:५०

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । संस्थाले सूचना प्रकाशित गरी सुपरभाइजर, बरिष्ठ सहायक तथा शाखा प्रमुख लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो ।

संस्थाले खुलाएको रोजगारीको अवसरमा आवेदन दिनको लागि प्रविणता प्रमाणपत्र तहदेखि सूचना प्रविधि विषयमा स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । इच्छुक उम्मेदवारले संस्थाको वेबसाईट मार्फत आवेदन फाराम डाउनलोड गरी आवश्यक कागजाग संकलन र प्रक्रिया पुर्याएर आवेदन दिन सकिने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*