लाभांश खानेबेलामा बैंकहरुको शेयरमूल्य घट्दा लगानीको अवसर, कुनको कारोबार कतिमा भयो ? (सूचीसहित)

२२ भाद्र २०८०, शुक्रबार १३:२६

काठमाडौं । लाभांश खानेबेलामा संचालनमा रहेका वाणिज्य बैंकहरुको शेयरमूल्य उच्च अंकले गिरावट आएको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने समयमै बैंकहरुको शेयरमूल्य घट्दा लगानीकर्तालाई लगानी गर्ने अवसर प्राप्त हुनु हो ।

नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बिहीबार) शेयरबजार २८.९२ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । बजारमा गिरावट आएसँगै अधिकांश उपसूचक राताम्मे भएका छन् । बुधबार बैंकिङ्ग उपसूचक १.०७ प्रतिशतले घटेको छ ।

बिहीबार बैंकिङ उपसूचकमा कारोबार भएका १९ वाणिज्य बैंकहरुमध्ये १९ वटै बैंकको शेयरमूल्य घटेको छ । वाणिज्य बैंकहरुको बिहीबार भएको शेयर कारोबारको आधारमा एभरेष्ट बैंकलाई पछि पार्दै एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बिहीबार बैंकको शेयरमूल्य प्रतिकित्ता ७७७ रुपैयाँ रहेको नेप्सेले देखाएको छ ।

यो साता शेयर कारोबारको अन्तिम दिनमा एभरेष्ट बैंकको ५९० रुपैयाँ, नबिल बैंकको ५७७ रुपैयाँ, स्टाण्डर्ड चार्टड बैंकले ५५३ रुपैयाँ, नेपाल एसबिआई बैंकको ३२७ रुपैयाँ र कुमारी बैंकको शेयरमूल्य १५५ रुपैयाँले सबैभन्दा कम रहेको छ ।

यो साता कारोबारको अन्तिम दिनमा सिद्धार्थ बैंकको शेयरमूल्य प्रतिकित्ता ४.३८ प्रतिशतले सर्वाधिक घटेको छ । त्यस्तै, बिहीबार नेप्सेमा भएको कारोबारको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंकको शेयरमूल्य ० दशमलव २८ प्रतिशतले सर्वाधिक कम प्रतिशतले घटेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*