साल्ट ट्रेडिङ्ग र एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति ?

२५ भाद्र २०८०, सोमबार १५:०५

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएसँगै साल्ट ट्रेडिङ्ग र एभरेष्ट बैंकको शेयरमा लगानीकर्ताको चाप बढेको छ । सोमबार साल्ट ट्रेडिङ्गको ६ करोड २५ लाख रुपैयाँ र एभरेष्ट बैंकको पाँच करोड ७१ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

त्यस्तै, आज सोल्टी होटल, चिलिमे हाइड्रोपावर, शिवम् सिमेन्ट लगायत अन्य कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ ।

share

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*