नेपाल बैंकले धितो राखेर कर्जाको साँवा ब्याज नतिरिएको सम्पत्ति लिलाम गर्दै

२६ भाद्र २०८०, मंगलवार ११:०५

काठमाडौं । नेपाल बैंक लिमिडेटले बैंकमा धितो राखेर कर्जाको साँवा ब्याज नतिरिएको सम्पत्ति लिलाम गर्ने भएको छ ।बैंकले गैरबैंकिङ सम्पत्ति गोप्य सिलबन्दीमार्फत बिक्री गर्न सूचना जारी गरेको हो । बैंकले २१ दिने सूचना प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो ।

बैंकका अनुसार आफ्नो स्वामित्वमा रहेको घरजग्गालाई जेजस्तो अवस्थामा छ, सोही अवस्थामा सिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको छ ।

बैंकले लिलाम गर्न लागेका जग्गाहरुमा काभ्रे, ललितपुर, सिरहा, सिन्धुपाल्चोक, पर्सा, झापा, सुनसरीलगायतका जिल्लामा रहेका जग्गा छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*