नेपाल बैंकले ल्यायो ग्राहकहरुको लागि अत्याधुनिक कल सेन्टर

२७ भाद्र २०८०, बुधबार ०९:१६

नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनको लागि सेवा प्रदायकसँगको सम्झौतामा हस्ताक्षर गरेको छ ।

यस सम्झौताले नेपाल बैंक लिमिटेडका आदरणीय ग्राहकवर्गका समस्या, जिज्ञासा र कठिनाईलाई तत्काल सम्बोधन गरि समाधान गर्ने तथा वित्तीय सेवासँग सम्बन्धित समसामयिक जानकारी प्रदान गर्दै उत्कृष्ट ग्राहक सेवामा कोशेढुङ्गा सावित हुने बैंकले विश्वास लिएको छ ।

सो कार्यमामा नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले सम्झौता प्रति खुशी व्यक्त गर्नुहुँदै यस कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष अद्यावधिक र सुमधुर बनाउन विशेष भूमिका खेल्ने बताउनु भयो ।ऋष्तष्शभल ीषभ क्ष्कबिलम ीबलमष्लन एबनभ

नेपालभर २२८ शाखाहरु, २०४ ए।टि।एम। का साथै ५७ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई डिजिटल वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा समयानुकूल आधुनिक बैंकिङ्ग प्रविधि मार्फत सेवा प्रवाह गरी प्रतिस्पर्धी रुपमा अगाडी बढिरहेको छ ।

वि।सं।२०८० भदौ २६ मंगलवार १७स्३० मा प्रकाशित

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*