नेप्से २ हजारको बिन्दुमा उक्लियो, सबै उपसूचकमा हरियाली छाउँदा करिव डेढ अर्वको कारोबार

काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ ।
कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको छ । बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ ।
सूचीकृत २७५ कम्पनीहरुको ५१ लाख ४४ हजार ७२४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शेयर बजार बढेसँगै आज सम्पुर्र्ण उपसूचकमा हरियाली छाएको छ ।
आज शेयर बजार बढेसँगै लाभांश घोषणा गर्ने क्रममा रहेका वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढ्दो रहेको छ ।