एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहाससहित)

२७ भाद्र २०८०, बुधबार १७:५१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

बैंकले हाल कायम रहेको चुक्ता पूँजीको १० दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस गरी कुल २० दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकको आज (बुधबार ४ः३०) बजे बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । बैंकले घोषणा गरेको लाभांश आउदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन् ।

(लाभांश इतिहासहित)

बैंकहरुले कति लाभांश घोषणा गर्ने भन्ने विषयमा स्वयम् बैंकको वित्तीय विवरणमा निर्भर रहन्छ । बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा एभरेष्ट बैंकको सबैभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । यस अवधिमा बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको थियो ।

समीक्षा अवधिसम्म बैंकहरुको लाभांश इतिहास हेर्ने हो भने एभरेष्ट बैंकले विगत १२ आर्थिक वर्षदेखि निरन्तर आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरिरहेको छ । बैंकले आर्थिक वर्ष ०७२।०७३ मा सर्वाधिक लाभांश वितरण गरेको थियो सो आवमा बैंकले ७० प्रतिशत बोनस र ३।६७५ गरी कुल ७३।६७३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यसका साथै बैंकले आव ०७०।०७१ मा १२ प्रतिशत बोनस र ५० प्रतिशत नगद गरी कुल ६२ प्रतिशत लाभांश वितरण गरेको छ । बैंकले आव ०६७।०६८ मा कुल ६० प्रतिशत, ०६८।०६९ मा ३१।५८ प्रतिशत, आव ०६९।०७० मा कुल ६०।५३ प्रतिशत, आव ०७१।०७२ मा ३६।५७ प्रतिशतले लाभांश वितरण गरेको थियो ।

एभरेष्ट बैंकले आर्थिक वर्ष ०७३।०७४ मा ३४।७४ प्रतिशत, आव ०७३।०७५ मा २० प्रतिशत, आव ०७४।०७६ मा २५ प्रतिशत, आव ०७६।०७७ मा १०।५३ र अघिल्लो आवमा २०।६८ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकले आर्थिक वर्ष ०७७।७८ मा ६ प्रतिशत बोनस र ४।३२ गरी १०।३२ प्रतिशतले सबैभन्दा कम लाभांश वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*