नेशनल लघुवित्तको साढे ६२ हजार कित्ता शेयर बिक्रीमा, ५३० रुपैयाँमा जोकोहिले आवेदन दिन सक्ने

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको हो ।
लघुवित्तले संस्थापक समुहको ६२ हजार ५ सय कित्ता शेयर लिलामी मार्फत बिक्रीमा ल्याएको छ । संस्थाले शेयरको न्युनतम मूल्य प्रतिकित्ता ५३० रुपैयाँ तोकेको छ ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनी तथा अन्य जोकोही व्यक्तिले असोज ६ गतेभित्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्न आग्रह गरेको छ ।