असोज महिनामा बैंकहरुले ब्याजदर घटाउलान् कि बढाउलान्?

काठमाडौं । असोज महिनाको ब्याजदर वाणिज्य बैंकहरुले यसै महिनामा गनुपर्ने हुन्छ । असोज महिनामा केही बैंकले बढाउने र केहीले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन् । असोज महिनामा वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०५ प्रतिशत ब्याज दिन सक्ने भएका छन् । भदौमा केही बैंकले मुद्दति निक्षेपमा अधिकतम १०.८९६ प्रतिशतसम्म ब्याज दिएका थिए ।
बैंकरुले आइतबारसम्ममा असोज महिनामा लागू हुने ब्याजदर प्रकाशित गर्नुपर्ने हुन्छ । केही बैंकले बढाउने तयारी गरिरहेका छन् भने केही बैंकले घटाउने र केहीले स्थिर राख्ने तयारी गरिरहेका छन्।
नेपाल बैंकर्स संघले बैंकहरुलाई असोजको मुद्दतिको ब्याजदरमा ‘कट अफ रेट’ ११.०५ दिएको छ भने बचतमा ६.०५ प्रतिशत दिएको छ ।
संघका अनुसार भदौमा वाणिज्य बैंकहरुको मुद्दतिमा औषत ब्याजदर १०.३२६ प्रतिशत र बचतमा ५.५० प्रतिशत ब्याजदर कायम भएको छ ।
राष्ट्र बैंकको परिपत्रअनुसार अघिल्लो महिनाको औषत ब्याजदरमा अधिकतम १० प्रतिशत तलमाथि गरेर नयाँ ब्याजदर निर्धारण गर्न पाउने ब्यवस्था छ ।