बैंकहरुको ब्याजदर सार्वजनिकः सात बैंकको बढ्यो, ६ को घट्यो, चारको यथावत् (सूची सहित)

३१ भाद्र २०८०, आईतवार ०८:५१

वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार केही बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने केही बैंकहरुले घटाएका छन्।

हालसम्म प्रकाशित १७ वाणिज्यक बैंकहरुको ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने ६ बैंकहरुले घटाएका छन्। बाँकी ४ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

असोज महिनाका लागि हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन्। सबैभन्दा बढी ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक रहेको छ भने दोस्रोमा एभरेष्ट बैंक रहेको छ। यी दुई बैंकले क्रमशः १।०६४ र १।०५४ प्रतिशतविन्दु ब्याजदर बढाएका छन्। यी दुबै बैंकहरुको अधिकतम ब्याजदर ११।०५४ प्रतिशत रहेको छ।

प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् अर्थात यी ४ बैंकहरुले ब्याजदरमा कुनै परिर्वतन गरेका छैनन्।

यता ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्। जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १।६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*