नबिल बैंकको ब्याजदर सार्वजनिक कुनमा कति ?

काठमाडौं । नबिल बैंकले असोजदेखि लागू हुनेगरी ब्याजदर बढाएको छ । बैंकले १ वर्ष र त्योभन्दा माथिको मुद्दती निक्षेपको ब्याजदर ०।५६ प्रतिशत विन्दुले बढाएर १०।४९ बाट ११।०५ प्रतिशत पुर्याएको हो ।
त्यस्तै तीन महिनादेखि ६ महिनासम्मको मुद्दती निक्षेपमा बैंकले १०।०५ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्दती निक्षेपमा १०।५५ प्रतिशत ब्याज दिइने नबिल बैंकले जनाएको छ । असारसम्म सबै प्रकारका मुद्दती निक्षेपमा बैंकले ९।९९ प्रतिशत ब्याज दिँदै आएको थियो ।
बैंकले रेमिट्यान्स मुद्दती निक्षेपमा पनि फरक(फरक ब्याजदर कायम गरेको छ । बैंकले ३ महिनादेखि ६ महिनासम्मको रेमिट्यान्स मुद्दती निक्षेपमा ११।०५, ३ महिनादेखि ६ महिनासम्मकोमा ११।५५ र १ वर्षमाथिकोमा १२।०५ प्रतिशत पुर्याएको छ ।
संस्थागत मुद्दति निक्षेपमा ६ महिनादेखि १ वर्षसम्मको भए ८।५५ प्रतिशत र १ वर्षभन्दा माथिको भए ९।०५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।