राष्ट्रिय वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ?
३१ भाद्र २०८०, आईतवार १२:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले असोज १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
बैंकले निक्षेपमा न्युनतम २ प्रतिशतदेखि अधिकतम १० दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । यसका साथै, बैंकले बिभिन्न कर्जाहरुमा न्युनतम १२ दशमलव ७५ प्रतिशतदेखि अधिकतम १४ दशमलव ५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।