बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २.३ प्रतिशतले घट्यो

३१ भाद्र २०८०, आईतवार १७:४६

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन २ दशमलव ३ प्रतिशतले घटेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको साउन मसान्तसम्मको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप एक खर्ब ३३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप एक खर्ब ७७ करोड ९२।० प्रतिशत० ले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ११।९ प्रतिशतले बढेको छ ।

साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः५।० प्रतिशत, २६।७ प्रतिशत र ६१।३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७।२ प्रतिशत, २६।९ प्रतिशत र ५८।८ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५।२ प्रतिशत रहेको छ । २०७९ साउन मसान्तमा यस्तो निक्षेपको अंश ३७।४ प्रतिशत रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*