संविधान दिवसको अवसरमा अन्तर बैंक फुटसल टुर्नामेण्ट २०८० आयोजना हुने

२ आश्विन २०८०, मंगलवार १४:२८

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तरबैंक फुटसल टुर्नामेण्ट – २०८० हुने भएको छ । संविधान दिवस २०८० को अवसरमा आयोजित टुर्नामेण्ट असोज ३ देखि ६ गते सम्म संचालन हुनेछ ।

काठमाण्डौंको धनयन्तरी फुटसल हव हाडीगांउमा आयोजना हुने दुर्नामेण्टमा बैंक तथा वित्तीय संस्थाका ३७ पुरुष टिम र २० महिला टिम सहभागी रहेका छन् ।

‘सवल संस्थाको लागि स्वस्थ कर्मचारी, स्वस्थ कर्मचारीको लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने टुर्नामेण्टको मुख्य प्रायोजन राष्ट्रिय वाणिज्य बैंकले गरेको छ भने सह प्रायोजन क्रमशः माछापुच्छे बैंक, लक्ष्मी सनराईज बैंक, ग्लोवल आईएमई बैंक, एनआईसी एसीया बैंक, नविल बैंक लि, प्रभु बैंक लि, हिमालयन बैंक लि, मुक्तिनाथ विकास बैंक लि र आईसिएफसी फाईनान्सले गरेका छन् ।

उक्त टुर्नामेण्टको लागि ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले मेडिकल सपोर्ट उपलब्ध गराउने भएको छ । टुर्नामेण्टको क्वार्टर फाईनल देखिका खेलहरु गोल नेपाल डट कम बाट प्रत्यक्ष प्रसारण गरिने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*