लाभांश घोषणाको तयारीसँगै बैंकहरुको शेयरमूल्य बढ्यो, कुनको कति ) (सूचीसहित)

६ आश्विन २०८०, शनिबार ०८:४५

काठमाडौं । सञ्चालित वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले लाभांश घोषणा गर्न थालेसँगै शेयरमूल्यमा पनि बृद्धि भएको हो ।

हालसम्म माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक र सिटिजन्स बैंकले आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गरिसकेका छन् । कृषि विकास बैंक लगायतका केही बैंकहरु चाँही लाभांश घोषणाको तयारीमा रहेका छन् ।

नेपाल स्टक एक्सचेन्जको आधारमा यो साता कारोबारको अन्तिम दिन (बिहीबार) शेयरबजार ४४ दशमलव ३४ अंकले बृद्धि भई २०२९ दशमलव ७८ को विन्दुमा कायम भएको छ । शेयर बजार उच्च अंकले बृद्धि भएसँगै सम्पुर्ण उपसुचकमा हरियाली छाएको छ ।

बिहीबार बैंकिङ उपसूचक ० दशमलव ८७ प्रतिशतले अर्थात ११ रुपैयाँले बृद्धि भएर १२ हजार २६८ को बिन्दुमा कायम भएको छ । यो साता कारोबारको अन्तिम दिनमा बैंकिङ्ग उपसुचकमा कारोबार भएका १९ वाणिज्य बैंकहरुमध्ये १५ वटा बैंकको शेयरमूल्य बढ्दा तीन बैंकको मात्र घटेको छ ।

वाणिज्य बैंकहरुको बिहीबार भएको शेयर कारोबारको आधारमा एभरेष्ट बैंकलाई पछि पार्दै एनआईसी एशिया बैंक अग्रस्थानमा रहेको छ । बिहीबार बैंकको शेयरमूल्य प्रतिकित्ता ८ सय रुपैयाँ रहेको नेप्सेले देखाएको छ ।

यो साता शेयर कारोबारको अन्तिम दिनमा एभरेष्ट बैंकको ५८९ रुपैयाँ, नबिल बैंकको ५९३ रुपैयाँ, स्टाण्डर्ड चार्टड बैंकले ५५५ रुपैयाँ, नेपाल एसबिआई बैंकको ३३५ रुपैयाँ र कुमारी बैंकको शेयरमूल्य १६१ रुपैयाँले सबैभन्दा कम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*