प्राइम कमर्सियल बैंकको बार्षिकोत्सको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

प्राइम कमर्सियल बैंकले आफ्नो १७ औं वर्ष प्रवेशको उपलक्ष्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
बैंकले कान्तिपुर अस्पताल रक्त सञ्चार सेवासँगको सहकार्यमा काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको होे ।
कार्यक्रममा कुल ५१ जना रक्तदान गरेका थिए । रक्तदान गर्नेहरूलाई सम्मानस्वरूप बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरले प्रशंसा पत्र प्रदान गरेका थिए ।