नेपाल बैंकका सिईओ कृष्णबहादुर अधिकारी आगामी साताबाट बाहिरिदै, कार्यकाल थप गर्ने सहमतीमा छैन बोर्ड

९ आश्विन २०८०, मंगलवार १४:३६

काठमाडौं । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कृष्णबहादुर अधिकारी आफनो कार्यकाल सकिएसँगै बाहिरिने भएको छ ।

चार बर्षे कार्यकालसकिएसँगै अधिकारी बैंकबाट बाहिरिने भएका हुन्। उनलाई दोहोराउने पक्षमा बोर्ड यो पटक छैन । विभिन्न विवादका कारण उनको कार्यकाल दोहराउने पक्षमा नरहेको स्रोतको भनाई छ ।
वि.सं. २०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका उनी असोज १४ गते बैंकबाट बाहिरिन लागेका हुन् ।

बैंकको सञ्चालक समितिले नयाँ सीईओ नियुक्तिको प्रक्रिया पनि अगाडि बढाइसकेको छ । बैंकका सञ्चालक समिति सदस्य आनन्द काफ्लेको संयोजकत्वमा तीन सदस्यीय सीईओ छनोट समिति गठन गरिएको छ ।
बैंक स्रोतका अनुसार आगामी बिहीबार बस्ने सञ्चालक समितिको बैठकले नयाँ सीईओका लागि आवेदन आह्वान गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*