नेपाल एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृतमा भारतका पंडा नियुक्त
२३ आश्विन २०८०, मंगलवार १०:३७

काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख वित्तीय अधिकृतमा भारतका राजेश कुमार पंडा नियुक्त भएका छन् ।
नेपाल एसबिआई बैंक तथा भारतीय स्टेट बैंकबीचको प्राविधिक सेवा सम्झौता बमोजिम उक्त बैंकमा खटिई नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हाली रहेका कार्यकारी प्रमुख वित्तीय अधिकृत मोहमद रिजवान आलमको असोज २३ गते आफ्नो कार्यकाल सकाई भारत फिर्ता भएका छन् ।
आलमको स्थानमा भारतीय स्टेट बैंकको तर्फबाट पंडालाई उक्त पदमा नियुक्त गरिएको हो । बैंकको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले पंडालाई बैंकको नायब प्रमुख कार्यकारी अधिकृत समेतको जिम्मेवारी तोकेको छ ।