एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभा, असोज २९ सम्म नेप्सेमा कारोबार गर्नेहरु सहभागि हुन पाउने

२४ आश्विन २०८०, बुधबार ०९:४१

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) ले कार्तिक १७ गते, शुक्रबार एघारौँ वार्षिक साधारण डाकेको छ। यो साधारण सभा काठमाडौंमा हुँदैछ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने बताइएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ असोज ३० गते एक दिनका लागि बुकक्लोज गर्ने तयारी गरेको छ । जस अनुसार असोज २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*