कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

२४ आश्विन २०८०, बुधबार १२:०२

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी लोक बहादुर थापाको नाममा रहेको ८१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

उक्त शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । समयावधिभित्र शेयरधनीहरुबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*