आजदेखि कारोबारमा आएको माण्डु हाइड्रोपावरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

२४ आश्विन २०८०, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज सामान्य अंकले बढेको हो ।

बुधबार शेयर बजार ५ दशमलव १६ अंकले बढेर १८९४ दशमलव ७६ को विन्दुमा कायम भएको छ ।

बुधबार शेयर बजारमा सामान्य आजदेखि दोस्रो बजारमा कारोबार आएकोे माण्डु हाइड्रोपावर सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज चार करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसका साथै, आज एनआईसी एशिया बैंकको तीन करोड ५४ लाख रुपैयाँ, नबिल बैंकको तीन करोड ३३ लाख रुपैयाँ र आजदेखि कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको तीन करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*