मुक्तिनाथ क्यापिटलले डाक्यो साधारण सभा

२५ आश्विन २०८०, बिहीबार ०९:४६

काठमाडौं । मुक्तिनाथ क्यापिटलले १४औं वार्षिक साधारण सभा डाकेको छ । मुक्तिनाथको साधारण सभा कार्तिक १७ गते शुक्रबार काठमाडौंको रविभवनस्थित एक होटलमा हुने भनिएको छ ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रतिवेदन पेश गर्ने, लेखापरीक्षकको प्रतिवेदन तथा २०८० असार मसान्तको वासलात र सोही मितिमा समाप्त आर्थिक वर्ष २०७९–०८० को नाफा नोक्सान, नगद प्रवाह र सम्बन्धित अनुसूचीहरुको छलफल गरी स्वीकृत गर्ने कार्यसूची राखिएको छ ।

यस्तै, साधारण सभामा अन्य विविध विषयमा समेत छलफल गरिने संचालक समितिले जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*