मिर्मिरे लुवित्तको शेयर सस्तोमा, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

२५ आश्विन २०८०, बिहीबार १०:०१

काठमाडौं । मिर्मिरे लुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधरणमा एफपीओ निष्कासन गर्दैछ । सर्वसाधारणका लागि यसअघि आईपीओ जारी गरिसकेको कम्पनीले साधारण शेयरको थप  सार्वजनिक निष्कासन गर्न लागेको हो । यो कम्पनीले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको बताइएको छ ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य मै १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन हुन लागेको कम्पनीले जनाएको छ ।

असोज २४ गतेसम्मको कारोबार अवस्था अनुसार प्रतिकित्ता ५९१ रुपैयाँ शेयरमूल्य रहेको कम्पनीले सस्तो मूल्य मै सर्वसाधारण लगानीकर्तालाई खरिद गर्ने अवसर दिएको हो । यो एफपीओ गरिद गर्न लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*