प्राइम बैंकको संस्थापक शेयर बिक्रीमा

२५ आश्विन २०८०, बिहीबार १३:००

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति (असोज २५) ले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र उक्त शेयर खरिदको लागि शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*