चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

२५ आश्विन २०८०, बिहीबार १५:१४

काठमाडौं । साता कारोबार अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन पाँच अंकले बढेको शेयर बजार आज फेरी घटेको हो ।

शेयर बजार आज २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६० को विन्दुमा कायम भएको छ । बिहीबार शेयर बजार घटेतापनि चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका कम्पनीहरुमध्ये आज भगवति हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट र एनआइबिएल ग्रोथ फण्डको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*