माछापुच्छ्रे बैंकको १ करोड १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२५ आश्विन २०८०, बिहीबार १५:४७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी सुरेन्द्र महतोको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर संख्या र मूल्यसमेत खुलाई आवेदन दिन सक्नेछन् ।

तोकिएको समयावधिभित्र शेयरधनीबाट खरिद आवेदन नपरेमा उक्त संस्थापक शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*