कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

२६ आश्विन २०८०, शुक्रबार १०:१२

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनी शुसिल थापाको ८ हजार ८९२ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको थियो । तोकिएको समयावधिभित्र कुनै संस्थापक शेयरधनीले शेयर खरिद गर्न नचाहेपछि सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

सो शेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड नक्साल काठमाडौं वा बैंकको प्रधान कार्यालय टंगाल काठमाडौंमा आवेदन दिन सक्नेछन् । सो शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*