लाभांश प्रस्ताव पारित गर्न सिटिजन्स बैंकको वार्षिक साधारण सभा आज बस्दै

२६ आश्विन २०८०, शुक्रबार १०:१६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज आह्वान गरेको छ । बैंकको सञ्चालक समितिको निर्णयले सभा असोज अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ११ बजे आह्वान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ५।७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीको तर्फबाट ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज १५ गते एक दिनका लागि बुकक्लोज गरेको थियो ।
जसअनुसार असोज १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*