नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ८ लाख कित्ता शेयर बिक्रीमा

२६ आश्विन २०८०, शुक्रबार १०:३९

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ८ लाख १६ हजार १५३ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरु सेयर खरिदका लागि ३५ दिनभित्र बैंकको काठमाण्डौ लाजिम्पाटस्थित शेयर शाखामा दिनुपर्नेछ ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*