नबिल बैंकको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुँदै, लकरबाट सामान निकाल्न आग्रह

२६ आश्विन २०८०, शुक्रबार १०:४०

काठमाडौं । नबिल बैंकको शाखा स्थानान्तरण हुने भएको छ । बैंकको युनाइटेड वल्र्ड ट्रेड सेन्टर भवनमा रहेको त्रिपुरेश्वर शाखा स्थानान्तरण हुन लागेको हो ।

उक्त शाखा हालको स्थानबाट सोही तल्लाको अर्को भागमा स्थानान्तरण भई यही असोज २९ गतेदेखि नियमित सञ्चालनमा आउने बैंकले जनाएको छ । बैंकको सो शाखामा रहेको लकर कार्तिक १ गते स्थानान्तरण गरिने बैंकले सूचनामा उल्लेख गरेको छ । उक्त लकरमा ग्राहकको टुटफुट हुने कुनै सामान भएमा लकर सार्दा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै लकर सार्नु अगावै (असोज ३०) गतेभित्र सामन निकाल्न बैंकले आग्रह गरेको हो ।

अन्यथा लकर स्थानान्तरण गर्दा सामानमा क्षति हुन पुगेमा बैंक जिम्मेवार नहुने सुचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*