नेष्डो समृद्ध लघुवित्तको साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डा

२६ आश्विन २०८०, शुक्रबार १२:११

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभा आज डाकेको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो साढे १ बजे बस्ने गरी सभा डाकेको हो ।

सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको कर सहित १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाइएको छ ।

त्यस्तै अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न, यसको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने भनिएको छ । सभाले गत आवको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने तथा चालु आवको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १८ गते बुक क्लोज गरेको थियो । जसअनुसार असोज १७ गतेसम्म कायम शेरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*