वाणिज्य बैंकहरुको शेयर खरिद गर्ने सूवर्ण अवसर, कुनको शेयर मूल्य कति ? (सूचीसहित)

२७ आश्विन २०८०, शनिबार ०८:०२

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये छ वटा बैंकहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् ।

पछिल्लो समय शेयर लगानीकर्ता र राष्ट्र बैंकको सम्बन्ध त्यती राम्रो छैन । राष्ट्र बैंकले शेयर धितोमा रहेको सीमा परिवर्तन गरिसक्दा पनि शेयर बजार बढ्न सकिरहेको छैन । शेयर बजार उल्टै १८ सयको बिन्दुमा कायम भएको छ ।

यो शाता कारोबारको अन्तिम दिन शेयर बजार २० दशमलव १६ अंकले घटेर १८७४ दशमलव ६० को विन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै बैंकिङ्ग इन्डेक्समा समेत ० दशमलव ७५ प्रतिशतको गिरावट आएको छ ।

यो साता कारोबारको अन्तिम दिनसम्ममा माछापुच्छ्रे बैंकको मात्र शेयरमूल्य बृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता २ दशमलव ४४ प्रतिशतले बढेर २१० रुपैयाँमा कारोबार बन्द भएको थियो ।

नेपालमा सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये नबिल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंकको शेयरमूल्य सर्वाधिक रहेको छ ।

बैंकहरुमध्ये प्रभु बैंक, कुमारी बैंक, एनआइएमबि बैंक लगायतका वाणिज्य बैंकहरुको शेयरमूल्य सवैभन्दा कम रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*