लाभांश खाने बेलामा लघुवित्त कम्पनीहरुको शेयरमुल्यमा उच्च गिरावट, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)

२६ आश्विन २०८०, शुक्रबार १६:१६

काडमाडौं । यो साताको नेप्से २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएर रोकिएको छ । नेप्सेसँगै अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुको शेयरमूल्य पनि घटेको हो ।

बिहीबार माइक्रोफाइनान्स उपसूचक ०.७८ प्रतिशतले घटेको छ । सो दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५५ कम्पनीहरु कारोबारमा आएका थिए । जसमध्ये १० कम्पनीहरुको शेयरमूल्य बढेको छ भने ४४ कम्पनीहरुको शेयरमुल्य घटेको छ ।

बिहीबार मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य सर्वाधिक बढेको छ भने समता घरेलु लघुवित्तको शेयरमूल्य सर्वाधिक घटेको छ । त्यस्तै, समाज लघुवित्तको शेयर कारोबार सर्वाधिक कम ८६.२० रुपैयाँमा भएको छ भने आत्मनिर्भर लघुवित्तको शेयर कारोबार सर्वाधिक १८९९ रुपैयाँमा भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । नेपालमा सञ्चालित लघुवित्त कम्पनीहरुमध्ये हाल ५५ वटा नेप्सेमा सूचीकृत भएका छन् ।

पछिल्लो समय शेयर लगानीकर्ता र राष्ट्र बैंकको सम्बन्ध त्यती राम्रो छैन । राष्ट्र बैंकले शेयर धितोमा रहेको सीमा परिवर्तन गरिसक्दा पनि शेयर बजार बढ्न सकिरहेको छैन । शेयर बजार उल्टै १८ सयको बिन्दुमा कायम भएको छ ।

हालसम्म २ लघुवित्त कम्पनीहरुले मात्रै लाभांश घोषणा गरका छन् । जसमा युनिक लघुवित्तले हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यसैगरी, आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९÷ ८० को नाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ८.६० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*