सिटिजन्स बैंकको वार्षिक साधारण सम्पन्न, लाभांश प्रस्ताव पारित

२६ आश्विन २०८०, शुक्रबार १५:३३

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो सत्रौं वार्षिक साधारण सभा आज सम्पन्न गरेको छ । काठमाडौंको अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा कम्पनीका अध्यक्ष प्रबल जंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

सभाले बैंकको हाल कायम चुक्ता पूँजीको ५।७९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७९।८० को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु सभामा छलफल भई स्वीकृत भएको छ ।

त्यसैगरी, सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले प्रवल जङ्ग पाण्डे, सीता कार्की (के .सी.),सजन शर्मा र दिग्विजय विष्ट बैंकको संचालक समितिको सदस्यमा निर्वाचित गरेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*