राष्ट्र बैंकले १८ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्ने, बोलकबोल कहिले ?

२६ आश्विन २०८०, शुक्रबार १६:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिन, १८२ र १ वर्षका लागि ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।

मंगलबार ( असोज ३० गते) जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँको उक्त बिला नवीकरण गर्न लागेको हो । यो बिल माघ २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ५ अर्ब र १ वर्षका लागि ६ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*