मिर्मिरे लघुवित्तको एफपीओमा झण्डै १ अर्ब रुपैयाँको आवेदन

२६ आश्विन २०८०, शुक्रबार १७:३९

काठमाडौं । मिर्मिरे लघुवित्तको एफपिओमा आवेदन दिने दोस्रो दिनमा झण्डै एक अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार आज साझ पाँच बजेर ७ मिनेटसम्ममा आठ लाख ६ हजार जनाले ९२ लाख ७१ हजार कित्ताको लागि ९२ करोड ७१ लाख रुपैयाँको आवेदन परेको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य मै १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्काशन गरेको हो ।

असोज २४ गतेसम्मको कारोबार अवस्था अनुसार प्रतिकित्ता ५९१ रुपैयाँ शेयरमूल्य रहेको कम्पनीले सस्तो मूल्य मै सर्वसाधारण लगानीकर्तालाई खरिद गर्ने अवसर दिएको हो । यो एफपीओ गरिद गर्न लगानीकर्ताले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*