लाभांश सिजनसँगै विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट, लगानीकर्तालाई सुवर्ण अवसर, कुनको मूल्य कति ? (सूचीसहित)

२६ आश्विन २०८०, शुक्रबार १७:५४

काठमाडौं । यो साता शेयर बजार कारोबारको अन्तिम दिनमा अधिकांश विकास बैंकको शेयरमूल्यमा उच्च गिरावट आएको छ । शेयर बजार यो साता २० अंकले घटेर १८७४ को विन्दुमा कायम भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । नेपालमा सञ्चालित विकास बैंकहरुमध्ये हाल १६ वटा नेप्सेमा सूचीकृत भएका छन् । शेयर बजार घटेसँगै विकास बैंकको उपसूचक पनि १ दशमलव २३ अंकले घटेर ३५९९ को विन्दुमा कायम भएको छ ।

पछिल्लो समय शेयर लगानीकर्ता र राष्ट्र बैंकको सम्बन्ध त्यती राम्रो छैन । राष्ट्र बैंकले शेयर धितोमा रहेको सीमा परिवर्तन गरिसक्दा पनि शेयर बजार बढ्न सकिरहेको छैन । शेयर बजार उल्टै १८ सयको बिन्दुमा कायम भएको छ ।

हालसम्ममा शाइन रेसुंगा बैंकले मात्र गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३।१६ रुपैयाँको कुल ११।०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

विकास बैंकहरुको शेयर मूल्य २ सय माथिदेखि साढे ४ सय मुनि नै रहेका छन् । यो साता कारोबार भएका सबै विकास बैंकको शेयर मूल्य घटेर कारोबार बन्द भएको छ ।

विकास बैंकहरुमध्ये सबैभन्दा धेरै शेयर मूल्य कामना सेवा विकास, सांग्रिला विकास, ज्योति विकास बैंक लगायतको शेयरमूल्य बढी रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*