नेष्डो समृद्ध लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२६ आश्विन २०८०, शुक्रबार १८:१२

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीले रोयल कुश्मा रिसोर्ट, कुश्मा, पर्वतमा दिउँसो उक्त साधारण सभा सम्पन्न गरेको हो ।

सभामा कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेरधनीहरुलाई वितरण गरेको कर सहित १७.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न, यसको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले गत आवको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने तथा चालु आवको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*