घटस्थापनाको दिनमा यी बैंकहरुले दिदैछन् बैंकिङ्ग सेवा

२८ आश्विन २०८०, आईतवार १०:०३

काठमाडौँः आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ ।

आज घटस्थापनाको अवसरमा सार्वजनिक विदा रहेको छ । नेपालमा सञ्चालनमा रहेका केही बैंकहरुले आज पनि बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

अधिकांश बैंकहरुले आम जनता तथा सेवाग्राहीको सुविधाको लागि आज बैंकिङ्ग सेवा प्रदान गरेको जनाएका छन् । सञ्चालनमा रहेका केही वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले समेत बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

आज एनएमबि बैंक, हिमालयन बैंक, गरिमा विकास बैंक, ज्योति विकास बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक लगायत अन्यले बैकिङ्ग सेवा प्रदान गरिरहेका छन् ।

May be an image of text

May be an image of text

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*