सिद्धार्थ बैंकको साढे पाँच लाख कित्ता संस्थापक शेयर बिक्रीमा

२८ आश्विन २०८०, आईतवार १०:२४

काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी प्रदीप कुमार केडियाको ४ लाख ५४ हजार ५६३ र प्रुढेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको ९५ हजार १० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदको पहिला हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (असोज २८) ले ३५ दिनभित्र आवश्यक कागजातसहित बैंकको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंको कम्पनी सचिवको कार्यालय खरिद गर्न चोहेको शेयर संख्यासमेत खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयावधिभित्र शेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*