एनआइसी एशिया बैंकका सीईओ न्यौपानेले बुझे झण्डै ३ करोड रुपैयाँ तलव भत्ता

२८ आश्विन २०८०, आईतवार १२:५७

काठमाडौं । एनआइसी एशिया बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन कुमार न्यौपानेले कुल तलव भत्ता वापत झण्डै तीन करोड रुपैयाँ बुझेका छन् ।

बैंकले सार्वजनिक गरेको २६औं वार्षिक साधारण सभाको वार्षिक प्रतिवेवदन अनुसार न्यौपानेले दुई करोड ९८ लाख ६३ हजार रुपैयाँ वार्षिक तलव भत्ता वापत बुझेका छन् । उनले आर्थिक वर्ष २०७९।८० मा तलव भत्ता वापत उक्त रकम भुक्तानी गरेका हुन् ।

बैंकका सिईओ न्यौपानेले वार्षिक रुपमा कुल तलव भत्ता वापत दुई करोड ४० लाख ८८ हजार रुपैयाँ, कर्मचारी बोनश वापत ५५ लाख ३७ हजार रुपैयाँ, अन्य रकम वापत एक लाख १७ हजार रुपैयाँ र अन्य सुविधा वापत एक लाख २० हजार रुपैयाँ बुझेका छन् ।

साथै, उनलाई आर्थिक वर्ष ०७९।८० मा आर्थिक वर्षको बोनश प्राप्त र अन्य सुविधा अन्तर्गत एक सवारी साधन तथा सवारी चालकसहित बीमा, कर, मर्मत संभार लगायतका खर्च बैंकले प्रदान गरेको जनाएको छ ।

यसका साथै, बैंकले यस आर्थिक वर्षमा कुल चार अर्ब ९६ करोड १० लाख रुपैयाँ कर्मचारी खर्चमा भुक्तानी गरेको छ ।

 

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*