एनआइसी एशिया बैंकको २६औं वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश पारित

२८ आश्विन २०८०, आईतवार १४:१७

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकको २६औं वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्ने लगायतका सामान्य प्रस्तावहरूमा छलफल गरी पारित गरेको छ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन गर्ने लगायतका विशेष प्रस्तावमा छलफल गरी पारित गरेको छ ।

बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६१३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*