३०% लाभांश पारित गरेको एनआएसी एशिया बैंकमा अशोक कुमार अग्रवालको सर्वाधिक लगानी, अन्यको कति ?

२८ आश्विन २०८०, आईतवार १५:४०

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालको अध्यक्षतामा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।

सभाले पारित गरेको आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार बैंकमा अशोक कुमार अग्रवालको सबैभन्दा बढी लगानी रहेको छ । बैंकमा उनको ६.१८ प्रतिशत सेयर स्वामित्वको लगानी रहेको छ ।

बैंकमा त्रिलोक अग्रवालको ५.३४ प्रतिशत, रामचन्द्र संघईको ४.४१ प्रतिशत, सुभाष चन्द्र संघईको ४.३७ प्रतिशत, लोकमान्य गोल्छाको ३.१० प्रतिशत, अनुज अग्रवालको ३.०१ प्रतिशत, जयश्री गोल्छाको २.७४ प्रतिशत, जगदीश प्रसाद अग्रवालको २.५३ प्रतिशत विरेन्द्र कुमार संघईको २ प्रतिशतको शेयर लगानी रहेको छ ।

बैंकका अक्षय गोल्यानको १.९४ प्रतिशत, गोविन्दलाल संघई १.९२ प्रतिशत, तुलसीराम अग्रवाल १.७८ प्रतिशत, मञ्जु अग्रवालको १.७८ प्रतिशत, संचिता अग्रवालको १.७८ प्रतिशत, निकुञ्ज अग्रवालको १.७८ प्रतिशत, नेपाल लाईफ इन्स्योरेन्सको १.१० प्रतिशत सेयर लगानी रहेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २९ प्रतिशत बोनश शेयर (रू. ३ अर्ब ३५ करोड ३५ लाख ६१ हजार ५ सय ५६) र १.५२६३ प्रतिशत नगद लाभांश (रू. १७ करोड ६५ लाख ३ हजार २ सय ४०) लाभांश कर प्रयोजनार्थ समेत वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
.

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*