आजदेखि नयाँ नोट साट्न पाइने

२९ आश्विन २०८०, सोमबार ०९:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडका लागि नयाँ नोट साट्ने सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्र केन्द्रीय बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिने बताइएको छ ।

जनसाधारणले असोस २९, ३० र कार्तिक १, २, ३ गतेसम्म नयाँ नोट साट्न पाउने छन् । दशैं तिहारमा मात्रै १५ अर्बभन्दा बढीको नोट सटही हुने गरेको राष्ट्र बैंकको अनुभव छ । यो पल्ट पनि पोहोर परार जस्तै एक जनाले बढीमा १८ हजार पाँच सय रुपैयाँसम्मको नयाँ नोट साट्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*