मिर्मिरेको एफपीओमा १० लाखभन्दा बढीको आवेदन

२९ आश्विन २०८०, सोमबार ०९:५२

काठमाडौंं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा १० लाख ७० हजार ७ सय ६६ जनाले आवेदन दिएका छन् । असोज २५ गतेबाट आवेदन खुलेको एफपीओमा बिक्री खुला गरिएको भन्दा ९९.३३ गुणा बढी आवेदन परेको हो ।

सीडीएसका अनुसार ती आवेदकले १ अर्ब २२ करोड ९८ लाख ६८ हजार रुपैयाँ बराबरको १ करोड २२ लाख ९८ हजार ६ सय ८० कित्ता एफपीओ माग गरेका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको हो ।

लगानीकर्ताले १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ३३ हजार ८ सय १६ दशमलव ४५ कित्ताका लागि असोज ३० गतेसम्म आजेदन दिन सक्नेछन् ।

मिर्मिरेको एफपीओ कम्तीमा १०–१० कित्ताका दरले १२ हजार ३ सय ८१ जनालाई पर्ने देखिन्छ । एफपीओ पाउने संख्याभन्दा आवेदशको संख्या ८६.५ गुणा बढी रहेको बताइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*