हकप्रद शेयर निष्कासनका लागि क-कसले कुर्दै छन् पालो ?

लगानीकर्तामा छैन उत्साह
२९ आश्विन २०८०, सोमबार १०:२५

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार खाली नहुने गरी सार्वजनिक निष्कासनका लागि धमाधम अनुमति दिएपछि हकप्रद शेयर निष्कासनका लागि स्वीकृति लिनेको लाम लागेको छ ।

सार्वजनिक निष्कासनमा साधारण शेयरले पहिलो प्राथमिकता पाएको छ । बोर्डले पनि विविधिकरणका लागि साधारण शेयरसँगै ऋणपत्र, म्युचुअल फण्डको इकाई र हकप्रद शेयरलाई समेत प्राथमिकताका साथ स्वीकृति दिइरहेको छ ।

दोस्रो बजार घटिरहेका कारण अहिले सार्वजनिक निष्कासनमा आएका साधारण शेयर बाहेक अन्यमा लगानीकर्ताको आकर्षण भने देखिँदैन । यस्तो अवस्थामा पनि ११ वटा कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका छन् ।
कम्पनीको नाम
छ्याङ्दी हाइड्रोपावर लिमिटेड
घलेम्दी हाइड्रो लिमिटेड
सिंगटी हाइड्रो इनर्जी लिमिटेड
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड
रिडी पावर कम्पनी लिमिटेड
नारायणी डेभलपमेन्ट बैंक लिमिटेड
लिवर्टी इनर्जी कम्पनी लिमिटेड
ङादी ग्रुप पावर लिमिटेड
आँखु खोला जलविद्युत् कम्पनी लिमिटेड
बरुण हाइड्रोपावर कम्पनी लिमिटेड

नारायणी डेभलपमेन्ट बैंकसहित ११ कम्पनी अहिले हकप्रद शेयर निष्कासनका लागि अनुमति कुरेर बसिरहेका छन् । ११ मध्ये नारायणीले नै सबैभन्दा पहिले भदौ ९ गते निवेदन दिएको हो । नारायणीबाहेक अन्य सबै कम्पनी जलविद्युत क्षेत्रका छन् । नारायणीको धितोपत्र दोस्रो बजारमा कम्पनी शेयरमूल्य प्रतिकित्ता ३७० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*